पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘घटराज पुरस्कार’ शर्मालाई प्रदान गरिने

काठमाडौं ।२०७४ सालको ‘घटराज पुरस्कार’ पुरस्कार प्राध्यापक मोहनराज शर्मालाई प्रदान गरिने भएको छ ।

घटराज भट्टराई स्मारक कोषका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको बैठकले नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि अनवरत समर्पित रहँदै भाषा, आख्यान, समालोचना, निबन्ध र नाटक लेखनका माध्यमवाट विशिष्ट योगदान पुर्याएको भन्दै शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ ।

प्राज्ञ घटराज भट्टराईको ७७ औं जयन्तीका अवसरमा आगामी मङ्सिर १० गते काठमाडौंमा ‘घटराज पुरस्कार’ प्रदान गरिने घटराज भट्टराई स्मारक कोषका सदस्य सचिव साधना दाहालले बताउनुभयो ।