पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डेंगु फैलिन नदिन अभियान शुरु

भद्रपुर । झापाका स्थानीय तहले लामखुट्टेबाट सर्ने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान थालेका छन् ।

गत वर्ष जिल्लामा महामारीका रूपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि यस वर्ष बेलैमा रोकथाम अभियान सञ्चालन गरिएको हो । 

विशेषगरी डेंगु असोज र कात्तिकमा बढी देखिने गरेको छ । डेंगुको रोकथामका लागि घरदैलोमार्फत नगर क्षेत्रमा अभियानको शुरुआत गरिएको छ । 

स्वास्थ्यकर्मी र जनप्रतिनिधिले डेंगु रोग सार्ने लामखुट्टेको लार्भा पहिचान गरी नष्ट गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कुलबहादुर पौडेलले बताउनुभयो ।