पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर घेराउ

कृृष्ण साउद, कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको प्रकरणमा उच्च स्तरीय छानविन समितिले शंकाको घेरामा राखेका व्यक्ति, निलम्बित कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई कारवाहीको माग गर्दै आज कञ्चनपुर जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ ।

स्थानीयबासिन्दा र संघर्ष समितिले प्रतिवेदनमा उल्लेख गरिएका सन्दिग्ध व्यक्तिहरु एसपी विष्ट र बमदिदीबहिनीलाई हिरासतमा लिएर अनुसन्धान गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा घेराउ गरेका हुन् ।

स्थानीय बासिन्दाले निलम्बनमा परेका प्रहरी अधिकृत कर्मचारी र बमदिदी बहिनीलाई हिरासतमा राखेर अनुसन्धान नगरेसम्म अन्दोलन बन्द नहुने चेतावनी दिएका छन ।