पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बालिकाको शिक्षा चुनौती कार्यक्रम शुभारम्भ

जनकपुरधाम । प्रदेश नं २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सहयोग पुर्याउने उद्देश्यले बेलायती अन्तराष्ट्रिय सहयोग नियोग डीएफआइडी  को सहयोगमा आजदेखि बालिकाको शिक्षा चुनौती कार्यक्रम शुभारम्भ गरिएको छ । 

त्यस अवसरमा मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाउ, बेटी बचाउ अभियानअन्तर्गत समाजलाई शिक्षित बनाउने, महिलाप्रति समान व्यवहारको वातावरण सिर्जना गराउने र छोरीलाई सक्षम बनाउने उद्देश्य राखिएको बताउनुभयो । 

अभियानअन्तर्गत प्रदेश नम्मर २ का आठै जिल्लामा एक हजार साइकल वितरण र पाँच वर्ष मुनिका पाँच हजार बालिका बीमा गर्ने योजना रहेको बताउँदै मुख्यमन्त्री राउतले विभेद अन्त्यका लागि सरकारले हरेक निकायमा महिला आरक्षणको व्यवस्था गर्ने सोच राखेको धारणा व्यक्त गर्नुभयो । 

नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले समाजमा विद्यमान असमान व्यवहारमा परिवर्तनका लागि बालिकाको शिक्षा र आर्थिक क्रियाकलापमा पहुँच बढाउनु जरूरी भएको बताउनुभयो ।