पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्थायी समितिको बैठक बोलाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको छ । 

पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल गर्न स्थायी समितिको बैठक बोलाउने निर्णय भएपनि मिति भने तय गरिएको छैन ।

स्थायी समिति बैठकको एजेण्डा निर्धारण गर्न सचिवालय बैठक पुनःबुधबार बस्ने पनि नेकपाले जनाएको छ । 

आजको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघीय महासभाको बैठकमा सहभागिता र कोस्टारिका भ्रमण बारे जानकारी गराउनु भएको थियो । 

यसैगरी, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन  र भारत भ्रमणबारे जानकारी गराउनु भएको प्रबक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो । 

त्यस्तै नेता श्रेष्ठले पनि आफ्नो चीन भ्रमण र वरिष्ठ नेता माधव नेपालले अफ्रिकी मूलुक घाना र चीन भ्रमणबारे बैठकलाई जानकारी दिनुभको थियो ।