पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आफैंल पालेको गोरुले हान्दा घटनास्थलमै मृत्यु

मेगराज खड्का / रेडियाे नेपाल
रुकुम ।  गोरुले हान्दा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ । आफैले पालेको गोरुले हान्दा मुसिकोट नगरपालिका ९, चौखावाङ्गका ५२ वर्षिय केवलसिंह खड्काको मृत्यु भएको हो । छिमेकी झकप्रसाद खड्काको बारी जोत्ने क्रममा आज गोरुले हान्दा घटनास्थलमै खड्काको मृत्यु भएको प्रहरीले बताएको छ । 
मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पत्ताल सल्लेमा ल्याउन लागिएको प्रहरी चौकी झूल्खेतका प्रहरी सहायक निरिक्षक भक्त बहादुर रावलले जानकारी दिए । मृतक खड्का केही दिन अघिमात्र भारतबाट घर आएका थिए ।