पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश र जिल्लाको एकता छिट्टै टुङ्ग्याउँछौः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने बताउनुभएको छ ।

वडादशैँको अवसरमा नेकपा प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको ‘शुभकामना आदनप्रदान’ कार्यक्रममा अध्यक्ष प्रचण्डले भोलि पार्टी सचिवालयको बैठक बसेर प्रदेश, जिल्लाको पार्टी एकता र जन सङ्गठनको एकतालाई छिट्टै टुङ्याउने गरी अगाडि बढ्ने जानकारी दिनुभयो । 

अध्यक्ष प्रचण्डले सरकारको काम कारवाहीबारे पार्टी र विभिन्न पक्षसँग अन्तरक्रिया गरेर अझ त्यसलाई गति दिने कुरामा आफूहरू प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले जनताको विकास निर्माण, सुशासन र समृद्धिको अपेक्षालाई पूरा गर्न नेतृत्व र सबै सचेत नागरिक एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेकपा सचिवालय सदस्य वामदेव गौतमले पार्टीको तल्लो तहसम्मको एकतालाई चाँडो टुंग्याई जनताको समृद्धिको अपेक्षालाई सार्थक तुल्याउन नेतृत्व वर्ग र सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।