पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

धाविका कोजुबाट नयाँ कीर्तिमान

काठमाडौं । म्याराथन धाविका कान्छीमाया कोजुले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

शनिबार बिहान सम्पन्न काठमाडौँ म्याराथनको १२ औँ संस्करणमा कान्छीमायाले २ घण्टा ५० मिनेट ४१ सेकेण्डस्मा निर्धारित दुरी पुरा गर्र्दै महिला तर्पm प्रथम स्थान पनि प्राप्त गरेकी थिईन् ।

नेपाल ए पी एफ क्लबकी धाविका कान्छीमायाले २ वर्ष अघि आफ्नै नाममा रहेको २ घण्टा ५५ मिनेट ५८ सेकेन्डको कीर्तिमानमा सुधार गरेकी थिईन ।

काठमाडौँ म्याराथनमा पुरुष तर्पmको उपाधि नेपाली सेनाका हेमलाल श्रेष्ठले प्राप्त गर्न सफल भए ।

धावक हेमलालले ४२.१९ किलो मिटरको निर्धारित दूरी २ घन्टा, २० मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक हात पारेका थिए ।