भैरवनाथ मन्दिरको जीर्णोद्धार शुरु
भक्तपुर । भक्तपुरको टौमढीस्थित प्रसिद्ध भैरवनाथ मन्दिरको जीर्णोद्वार शुरु गरिएको छ ।
विसं २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त सो मन्दिर भक्तपुर नगरपालिकाले जीर्णोद्धार शुरु गरेको हो ।
करिब १ करोड ४१ लाख रुपियाँको लागतमा पहिलो चरणमा मन्दिरको माथिल्लो छानाको जीर्णोद्धार गरिनेछ ।