पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हिमाल नाघेर भित्रिन थाले चरा

काठमाडौँ । जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिन थालेका छन् । हिउँदे आगन्तुक चरा जाडो छल्न बसाइ सरेर आउने क्रम शुरु भएको हो । 

उत्तरी गोलाद्र्धमा चिसोले हिउँ जम्ने हुँदा जाडो छल्न चरा नेपाल भित्रिन थालेको जुलोजिकल सोसाइटी अफ लण्डन नेपालका राष्ट्रिय प्रतिनिधि डा. हेमसागर बरालले जानकारी दिनुभयो । 

यसरी आउने कतिपय चरा सगरमाथा नाघेर आउँछन् । कतिपय विभिन्न क्षेत्रबाट भित्रिन्छन् । सामान्यतः यसरी बसाइ सरेर आउने चराले दुई, तीन हजार किमी दूरी पार गरेकै हुन्छन् । 

चितवन, कोशी, कपिलवस्तुको जगदीशपुर ताल, बर्दिया, शुक्लाफाँटा लगायत सिमसार क्षेत्रमा बसाइँ सरेर आएका चरा देखिन थालेका छन् ।