पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुई मार्फत पोलियो विरुद्धको खोप अभियान शुरु

अजय कुमार झा, जनकपुरधाम । उपप्रधान तथा स्वास्थ्य एवंम् जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा पहिलो पटक १ वर्ष मुनिका बालबालिकालाई पोलियो विरुद्धको सुईमार्फत दिने खोप कार्यक्रमको आज जनधपुरधाममा शुभारम्भ गर्नु भएको छ । 

यस अघि पोलियो थोपा खुवाएर कार्यक्रम हुँदै आएकोमा अब जन्मे देखि १ वर्ष मुनिका शिशुलाई छाला भित्र पर्ने गरी पोलियो विरुद्धको खोप दिइने भएको छ । 

कार्यक्रममा उपप्रधानमन्त्री यादवले नयाँ स्वास्थ्य नीतिमा देशमा उपचार सम्भव भएका रोगको विदेशमा उपचार गर्नका लागि जाने नेता, सरकारका उच्च अधिकारी सहितका कसैलाई पनि सरकारले उपचार खर्च नदिने बताउनु भयो । 

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारको हरेक कार्यक्रम सफल बनाउनका लागि प्रदेश सरकारको साथ रहने बताउनु भयो ।