पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बारा, पर्सामा जितिया पर्व शुरु

ध्रुव अधिकारी, वीरगञ्ज । बारा पर्सा लगायत तराईका जिल्लाहरुमा पति तथा सन्तानको सुख, शान्तिका लागि प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाइने जितिया पर्व आजबाट सुरु भएको छ । 

आज ब्रतालु महिलाहरुले स्थानीय नदी, पोखरी तथा जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, तेल र सिन्दुर भगवान जितमाहनको पुजा गरेका छन् ।

पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा माछ मरुवा पनि भनिन्छ । 

पर्वको दोस्रो दिन अष्टमी तिथिमा ब्रतालुहरु २४ घण्टाको लामो निराहार उपवास बसेर भगवान जितमाहनको कथा सुन्ने गरिन्छ ।