पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भैरव पुरुस्कारबाट शाह र मैनाली सम्मानित

काठमाडौं । भैरव  पुरस्कार गुठीले व्यड्ग्य चित्रका माध्यमबाट हास्यव्यङ्ग्यको क्षेत्रमा लामो योगदान पुर्याए बापत वरिष्ठ कलाकार, प्राज्ञ शशी शाहलाई २०७३–७४ सालको भैरव पुरस्कारबाट सम्मानित गरेको छ ।

यसैगरी, गुठीले समालोचना र निबन्धका माध्यमबाट हास्यव्यङ्ग्यको क्षेत्रमा योगदान पुर्याए बापत युवराज मैनालीलाई भैरव प्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ ।

भैरव पुरस्कारको राशी ५० हजार र भैरव प्रतिभा पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले सम्मानित दुवैलाई कदरपत्र र पुरस्कार  राशि समर्पण गर्नुभयो ।