पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दुईवटा हाइकु कृति सार्वजनिक

काठमाडौं । नेपाल हाइकु केन्द्रले दुईवटा हाइकु कृति आज सार्बजनिक गरेको छ । 

काठमाडौमा आयोजित कार्यक्रममा बासुदेव गुरागाईद्धारा लिखित बसन्त बृक्ष र गुप्त बहादुर श्रेष्ठ द्धारा लिखित दोषी सपना नामक कृतिकी को साहित्यकार रत्नशम्शेर थापा र रामकुमार पाण्डेले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो । 

५ ,७, ५ गरी १७ अक्षरमा लेखिएका हाइकुमा प्रकृति र समसामायिक बिषयलाई व्यङगात्मक रुपमा प्रस्तुत गरिएको छ । 

साहित्यकार गुरागाईको कृतिमा अ देखि ज्ञ सम्म बर्णानुक्रम अनुसार एक हजार हाइकु संग्रहित गरिएको छ । 

कार्यक्रममा साहित्यकार शैलेन्दु  प्रकाश नेपाल, बम बहादुर थापा जिताली नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र बिष्टले पछिल्लो समय नेपालमा हाइकु प्रति पाठकको रुची बढ्दै गएको उल्लेख गर्नुभयो ।