पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

देश आर्थिक विकासको बाटोमाः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो राजनीतिक सङ्क्रमणपछि नेपाल आर्थिक विकास एवं समृद्धिको बाटोमा अघि बढेको बताउनुभएको  छ । 

कारोवार आर्थिक दैनिकले आयोजना गरेको आर्थिक सम्मेलन –२०१८ को आज काठमाडौंमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याउन चाहेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले विगतमा विभिन्न कारणले बन्द भएका उद्योगहरुको पुनःसञ्चालन तथा नयाँ उद्योगको स्थापना सरकारको विशेष प्राथमिकतामा रहेको जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले नेपालमा निर्धक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गर्नुहुँदै लगानीका लागि एकद्वार प्रणालीको विकासका साथै कानूनी र व्यावहारिक जटिलतालाई क्रमशः हल गरिने र लगानीको सुरक्षाका साथ लगानीकर्ताहरुलाई उपयुक्त अवसर प्रदान गरिने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशसँग मिलेर नेपालले आर्थिक विकास र समृद्धिको चाहना पूरा गर्न खोजेकोे स्पष्ट पार्नुभयो । 

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा, लगानीमैत्री बाताबरण बनाउन सरकार लागी रहेको बताउनु भयो । 

उहांले नेपालमा लगानी गर्न आउने बिदेशी लगानी कर्ताका लागी सरकारले अनुकुल बाताबरण बनाउन र नेपाल लगानीमैत्री देश भएको बताउनुभयो । 

पूर्बअर्थमन्त्री डा. रामशरण महतले आर्थिक समृद्धिका लागि काममा बढी ध्यान दिन सरकारलाई सुझाव दिनुभयो । 

गैर आवसीय नेपाली संघका अध्यक्ष एबं कारोबार दैनिक प्रकाशन गर्दे आएको टिबिआई ग्रुपका अध्यक्ष भबव भट्टले देशको आर्थिक बिकासका लागि प्रबासमा रहेर पनि बिदेशी लगानी भित्र्याउन पहल गरिरहेको बताउनु भयो ।