पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ साताव्यापी चीन भ्रमणका लागि आज अपराह्न बेइजिङ प्रस्थान गर्नुभएको छ । 

भ्रमणका क्रममा प्रवक्ता श्रेष्ठले उच्च चिनियाँ राजनीतिक नेतृत्व र चीन सरकारका वरिष्ठमन्त्रीसँग नेपाल–चीन सम्बन्धबारे छलफल गर्ने र बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको स्कुलिङ विभागका पदाधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ उहाँका स्वकीय सचिव सुशन कर्मचार्यले जानकारी दिनुभयो । 

भ्रमण दलमा १५ जनाको सहभागिता छ । उहाँ आगामी असोज ४ गते स्वदेश फर्कनुहुनेछ ।