पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘समृद्ध समाज निर्माणको लक्ष्यका साथ सरकार अघि बढ्दै’

पुष्कर राज बुढाथोकी, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्ध समाज निर्माणको महाअभियान सम्पन्न गर्ने लक्ष्यका साथ  सरकार अघि बढेको बताउनुभएको छ ।

आज नेपालको पहिलो कम्युनिष्ट विद्यालयको रुपमा स्थापना भएको मदन भण्डारी एसियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरेको विश्वको कम्युनिष्ट ईतिहास र वर्तमानका बारेमा भएको प्रशिक्षणको समापन समारोहमा अध्यक्ष दाहालले मुलुकका लागि जनसङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ यात्रामा अघि बढ्ने अवसर प्राप्त भएको बताउनुभयो ।

उहाँले भ्रष्टाचरमुक्त समाज निर्माण, सुशासन, तीव्र गतिमा देशको आर्थिक विकास गरी समाजवादको आधार निर्माण गर्न नेकपा प्रतिबद्ध रहेको बताउनुभयो ।