पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डुबेर दुई किशोरीको मृत्यु

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ मा रहेको धङ्गही खोलामा नुहाउन गएका २ जना किशोरीको डुबेर मृत्यु भएको छ भने एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । 

आज अपरान्ह धङ्गही खोलामा नुहाउन गएका बहुदरमाई नगरपालिका वडा नम्बर ९ निवासी १४ वर्षीया पिन्की साह रौनियार र १६ वर्षिया मुन्नी पटेलको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनुभयो ।

खोलाले बगाउँदा स्थानीय १५ ववर्षिया रिन्की साह रौनियार बेपत्ता भएकी छन । 

त्यसैगरी नुहाउन गएका १६ वर्षिय विजय पटेललाई भने खोलाले बगाउँदै गर्दा स्थानीय बासिन्दाले तत्काल उद्धार गरेका थिए ।