पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लमजुङ–मनाङ सडक अवरुद्ध

लमजुङ । पहिरोका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध भएको छ । बेसीशहरदेखि मनाङको च्याम्चेसम्म दर्जनौं ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ । 

सडकको कुनै भाग पहिरोले भास्सिनुका साथै कुनै खण्ड बाढीले बगाएकाले सडकमा यातायात सञ्चालन गर्न कम्तीमा एक महिना लाग्ने लमजुङका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताउनुभयो । 

बेसीशहर–६ खरखरे, मस्र्याङदी–३ अर्खले, मस्र्याङदी–४ घोप्टे भीर, श्रीचौर, च्याम्चेलगायतका ठाउँमा पहिरोले क्षति पुर्याएको छ । 

त्यस्तै अर्खले खोला, रामबजारको तोप्रो खोलालगायतका खहरे खोलाले सडक बगाएको छ ।