पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सञ्चयकर्ताको स्वास्थ्यमा सहयोग गर्न बिमा कार्यक्रम

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरुको स्वास्थ्य समस्यामा सहयोग पुुर्याउने उद्देश्यले स्वास्थ्य विमा कार्यक्रम अघि सारेको छ ।

स्वास्थ्य विमा कार्यक्रम अन्र्तगत कोषले तोकिएको कडा रोग लागेको अवस्थामा आन्तरिक स्रोतबाट १० लाख सम्मेको उपचार खर्च बेहोर्नै गरी बिमा गर्ने र अन्य साधारण रोग लागि अस्पतालमा भर्ना भई उपचार गराउदा समेत १ लाख सम्मको बिमा गर्ने व्यवस्था गर्न लागेको जनाएको छ ।

स्वाथ्य बिमा कार्यक्रमबाट करिब ६ लाख सञ्चयकर्ताहरुको सुविधाको लागि महत्वपूर्ण सहयोग पुुग्ने कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिनुभयो ।

कोषको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन हालै निजामती किताब खाना, महालेखा नियन्त्रकको कार्यालय, नेपाल टेलिकमसँग दुुई पक्षीय समझदारी गरी सेवा प्रवाहलाई शीघ्र बनाएको पनि प्रशासक गौतमले जानकारी दिनुभयो ।