पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रबर उद्योगमा लगानी गर्न अर्थमन्त्रीको आव्हान

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको लगानीमा स्थापित गोरखकाली रबर उद्योगमा लगानी गरी सञ्चालन गर्न निजी क्षेत्रका लगानीकर्ताहरु लाई आव्हान गर्नु भएको छ  ।

रेडियो नेपालसँगको कुराकानीमा अर्थमन्त्री डा खतिवडाले रणनीतिक महत्वका बाहेकका व्यापारजन्य सरकारी लगानीका संस्थानहरु निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाउने नीति सरकारको रहेको जानकारी दिनु भयो ।

अर्थमन्त्री खतिवडाले सरकारले छिट्टै नेपालमा चिनिको आयातमा प्रतिबन्ध लगाउने वा परिमाणात्मक बन्देज लगाउने विषयमा सरकार निर्णयमा पुुग्ने पनि बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले त्यसका अतिरिक्त आयातलाई प्रतिस्थापन गर्ने गरी एसेम्लिड. उद्योगको स्थापना र ठूला सवारी साधनको सञ्चालनलाई पनि जोड दिएको र लगानी गर्न आएमा त्यसता लगानीकर्ताहरुलाई आवश्यक सहयोग र प्रोत्साहन गर्ने पनि उल्लेख गर्नु भयो ।

अर्थमन्त्री खतिवडाले सरकारले केही आधारभूत वस्तुको उत्पादन वृद्धि गरी निर्यात प्रर्वद्धन गर्न र आन्तरिक कच्च पदार्थमा आधारित एक दर्जन वस्तुहरुको उत्पादन वृद्धिमा जोट दिने पनि उल्लेख गर्नु भयो ।