पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एन्फाद्वारा फुटबल प्रायोजन सम्झौता रद्द

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एपी–१ टेलिभिजनसँगको फुटबल प्रायोजन सम्झौता रद्द गरेको छ ।

नेपाली फुटबलको विज्ञापन र प्रसारण अधिकार एपी–१ टेलिभिजनलाई दिने अघिल्लो कार्यसमितिले गरेको निर्णय समय सान्दर्भिक नभएको निष्कर्ष निकाल्दै एन्फाले सो टिभीसँगको फुटबल प्रायोजनसम्बन्धी सम्झौता तोडेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु भयो । 

गत वर्ष जेठमा एन्फा र एपी–१ बीच तीन वर्षका लागि रु पाँच करोडको प्रायोजन सम्झौता भएको थियो । 

यसैबीच एन्फाले आगामी असोज १४ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगको प्रायोजन रामशर मिडिया प्रालिसँग नयाँ सम्झौता गरेको छ । 

सम्झौताअनुसार रामशर मिडियाले शहीद स्मारक ‘ए’ डिभिजन लिगको बजार प्रर्वद्वन र प्रायोजनको अधिकार पाएको छ ।