पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साफ महिला फुटबलः नेपाल समूह ‘ए’ मा

काठमाडौं । आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ ।

बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का रहेका छन् । 

भारतमा सम्पन्न पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । पाँचौ संस्करणको प्रतियोगिता श्रीलंकामा आयोजना हुनेछ । 

यसअघिका चारै संकरणको उपाधि भारतले जितेको थियो । नेपाल सुरुवाती तीन संस्करणको फाइनलमा पुगेपनि भारतसँग पराजित भएको थियो ।