पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मलेसियामा नेपालीको मृत्यु

बैतडी ।  सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् । कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा आज बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिनुभयो । बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो (सोफा)कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । मृतक बोहोराको शव नेपाल ल्याउने तयारी गरिएको छ । मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउननुपरेको छ ।