पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गाई फार्ममा आगलागी, ४५ गाई मरे 

radionepal

काठमाडौं, ३ असार । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको व्यवसायिक गाई फार्म ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । शनिवार बिहान करिब ११ बजे विद्युत सर्ट भई लागेको सो आगलागीमा परेर ७० गाई घाइते भएका छन् । नेपाल प्रहरी र स्थानीयबासीले दुई वटा दमकलको सहयोगमा अपराह्न १ बजे आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट गाई फार्ममा करिब ७० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार आगलागीबाट १० टन दाना, एक थान जेनेरेटर र गाई बस्ने बाँधेको टहरामा क्षति पुगेको छ । गाई फार्ममा ७५ दुहुना, २२ ब्याउने र बाच्छाबाच्छी गरी १२२ गाई थिए ।