पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जनतालाई विश्वासमा लिनुपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार गर्ने कार्यमा रहेका चुनौतीहरुलाई अवसरमा बदल्न जनतालाई विश्वासमा लिनुपर्नेमा जोड दिनुभएको छ । 

काठमाडौँमा आज पूर्व विद्यार्थी नेता एवं कम्युनिष्ट पार्टीका केन्दि«य सदस्य लेखनाथ न्यौपानेले लेख्नु भएको ‘र्सघंषको ईतिहास’ नामक पुस्तकको विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले सामाजिक विकृतिका घटनाक्रमहरुले निराशा पैदा गरेको विषयलाई गम्भीर रुपमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

अध्यक्ष प्रचण्डले युवाहरुको काँधमा आएको दायित्व पुरा गर्न इमान्दार हुनुपर्ने आवश्यकता औलाउदै राजनितिलाई सेवासँग जोड्न अग्रसर हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले विकास र संवृद्धिको योजनामा युवा सहभागिताको खाँचो रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले वर्तमान अवस्थामा कम्युनिष्ट पार्टीको नेतृत्व सामु महत्वपूर्ण जिम्मेवारी रहेको हुँदा पूरा गरेर देशलाई सफल बनाउने दिशा तर्फ लाग्न सुझाव दिनुभयो । 

पुस्तकका लेखक लेखनाथ न्यौपानेले मेहनत नगरीकनै सम्पत्ति आर्जन गर्ने प्रवृत्ति वर्तमानको मुख्य चुनौती रहेकाले नेतृत्वले राजनीति मार्फत जनताकोे आकांक्षा सम्बोधन गर्नुपर्ने बताउनुभयो ।