पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कम्युनिष्ट सरकार सफल हुनुपर्छः वरिष्ठ नेता नेपाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले कम्युनिष्ट आन्दोलन नेपालमा सफल भएको र अब नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार सफल हुनुपर्ने बताउनुभएको छ ।

नेपालको पहिलो कम्युनिष्ट विद्यालयको रुपमा भक्तपुरमा गरिएको मदन भण्डारी एसियाली बिद्यालयबाट भक्तपुरको खरिपाटीमा सञ्चालित विश्वको कम्युनिष्ट ईतिहास र वर्तमान सम्बन्धी प्रशिक्षणमा आज नेता नेपालले देशमा सामाजिक, आर्थिक र साँस्कृतिक क्रान्ति गर्नुपर्छ भन्दै यो जिम्मेवारी नेकपाको काँधमा आएको बताउनुभयो ।

प्रशिक्षणमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, थाईल्याण्ड, अर्जेन्टिना, ब्राजिल, तान्जिनिया, ट्युनिसिया, स्टिमोर, फिलिपिन्स, जाम्भिया, कोलम्बिया गरि १४ देशका ४९ जनाको सहभागिता रहेको कार्यक्रम व्यवस्थापन समितिका संयोजक बलराम बाँस्कोटाले जानकारी दिनुभयो ।