पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संयुक्त बालगीत प्रतियोगिता सम्पन्न

काठमाडौं । बाल दिवसको अवसरमा रेडियो नेपाल र बाल मन्दिरको संयुक्त आयोजनामा आज बालगीत  प्रतियोगिता सम्पन्न भएको छ ।

काठमाडौँको बाल मन्दिरमा आयोजित प्रतियोगिताको उद्घाटन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले बालबालिकाहरुको क्षमता अभिवृद्धिका लागि यस्ता प्रतियोगिताहरु खुड्किलाको रुपमा रहेकाले समयसमयमा यस्ता बाल विकासका कार्यक्रमहरु भईरहनुपर्ने बताउनुभयो । 

कार्यक्रममा  नेपाल बाल संगठनका महासचिव गणेश भक्त श्रेष्ठले यस्ता प्रतियोगिताहरुले बालबालिीाहरुको स्वचिन्तन र क्षमता विकासमा सहयोग पुर्याउने बताउनुभयो । 

प्रतियोगिताका अमर ईङिलस स्कूल टोखा प्रथम, अक्सिडेन्टल पब्लिक स्कूल अनामनगर र टायम लाईन स्कूल जोरपाटीले तृतीय भएका थिए । 

हरेक वर्ष बालदिवसका अवसर पारेर रेडियो नेपालले बाल संगठनको सहकार्यमा बाल गित प्रतियोगिता गर्दै आएको छ ।