पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाली फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं । दक्षिण एशियाली फुटबल महासंघ साफ फुटबल च्याम्पियनशिपमा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार काठमाडौँ फर्किएको छ ।

बंगलादेशको बंगबन्धु रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाईनलमा नेपाल माल्दिभ्स्सँग शुन्यका विरुद्ध तिन गोलले पराजित भएको थियो ।

काठमाडौँ फर्के लगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पत्रकारहरुसँग नेपालका कप्तान विराज महर्जनले लामो समय ए डिभिजन लिग नहुनु नै पराजयको मूख्य कारण भएको बताउनुभयो ।

नेपालले अहिले सम्म साफको फाईनल खेलेको छैन ।

प्रतियोगितामा सेमिफाईनल सम्म सबै भन्दा बढी गोल गरेको नेपालले एक गोल पनि गर्न सकेन भने सेमिफाईनल सम्म एक गोल पनि नगरेको माल्दिभ्सले नेपाललई ३ गोल गर्यो ।

बुधबार नै जारी साफको फाईनल समीकरण पुरा भएको थियो ।

दोस्रो सेमिफाईनलमा भारतले पाकिस्तानलाई ३–१ गोल अन्तरले पराजित ग¥यो । भारत र माल्दिभ्स्बीचको फाईनल खेल शनिबार हुनेछ ।

बंगलादेशमा जारी साफ फुटबलको यो १२ औँ संस्करण हो र अहिले सम्म पूर्व विजेता भारतले ७ पटक उपाधि उचालिसकेको छ ।

माल्दिभ्स भने १ पटक विजेता र ३ पटक उपविजेता भईसकेको छ ।

सन् २०२० को साफ फुटबल च्याम्पियनशिप पाकिस्तानमा हुने छ ।