पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालले शुक्रबार भारतसँग खेल्दै

काठमाडौं । भारतको लखनउ स्थित एडन गारडेनमा जारी अण्डर १९ त्रिकोणत्मक एक दिवसीय क्रिकेट श्रीङ्कखलामा नेपालले शुक्रबार भारतसँग खेल्दै छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बि सी सी आई को निमन्त्रणामा गत सोमबार भारत प्रस्थान गरेको थियो ।

बुधबार भएको पहिलो खेलमा नेपाल भारतको अण्डर १९ बि टिमसँग ४० रनले पराजित भएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेल आईतबार अफ्गानिस्तानको अण्डर १९ सँग खेल्ने छ ।

समूह चरणको प्रथम र दोस्रो हुने टोलीले फाईनलमा प्रतिस्पर्धा गर्ने छन् भने बाँकी दुई टोलीले तेस्रो र चौथो स्थानका लागि खेल्ने छन् ।