पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गल्ती नगर्ने व्यावसायी डराउनुपर्दैनः मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गल्ती नगर्ने उद्योगी व्यावसायीहरु कारवाहीको डरले आत्तिन नपर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले उपभोक्ता हित संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयकबारे छलफल गर्न बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले विद्येयकबारे असन्तुष्टि राख्नुपर्ने धेरै कारणहरु नरहेको बताउनुभयो ।  

उद्योगी व्यवसायीहरुले दाबी गरे अनुसार वस्तुको गुणस्तर त्यस अनुसार नभएको भन्दै मन्त्री यादवले गल्ती नगर्नेलाई कारवाही नगरिने स्पष्ट पार्नुभयो । 

उहाँले कुनै पनि नियम कानुन असंशोधनीय नभएकाले र विद्येयकमा संशोधन गर्न सकिएपनि उपभोक्ता हित संरक्षण मुख्य मुद्दा भएको बताउनुभयो । 

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बजारमा सुधारको आवश्यकता रहेको बताउनुभयो । उहाँले अहिले ल्याइएको विद्येयकमा राखिएको प्रावधानले कुनै उद्योगीका लागि असरै गर्ने प्रकृतिको नभएको धारणा र।ाख्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले अघि सारेको आर्थिक समृद्धिको मुख्य आधार नीतिगत सुधार रहेकोले सरोकारवालाले राखेको अपेक्षामा सरकार सकारात्मक हुनुपर्ने बताउनुभयो ।