पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रिय आर्थिक गणनाको तथ्यांक सार्वजनिक

काठमाडौं । पहिलो राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले मुलुुकभर कुल ९ लाख २२ हजार ४ सय ४५ औद्योगिक प्रतिष्ठान रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

केन्द्रीय तथ्याङ्क विभागले पहिलो पटक गरेको आर्थिक गणनामा मुलुुकभर रहेका प्रतिष्ठानमा ३४ लाख ८ हजार ७ सय ४६ जनशक्ति कार्यरत रहेकोमा २० लाख ४४ हजार ९ सय ८९ पुुरुष र १३ लाख ६३ हजार ७ सय ५७ महिला रहेका छन । 

प्रदेशगत रुपमा प्रदेश नम्बर ३ मा सबैभन्दा बढी २ लाख ८२ हजार ५६ र कर्णाली प्रदेशमा सबैभन्दा कम ४२ हजार ८ सय १७ प्रतिष्ठान रहेका छन । 

अन्तराष्ट्रिय स्तरको औद्योगिक वर्गीकरणका २१ आर्थिक क्रियाकलापमध्ये प्रत्यक्ष देखिने १८ क्रियाकलाप अन्तरर्गत कृषि, वन, माछापालन, खानी, थोक तथा खुुद्रा व्यापार, शिक्षा, सूचना तथा सञ्चार, घरजग्गा कारोबार लगायतका क्रियाकलाप गणनामा समावेश गरिएको छ ।

प्रारम्भिक नतिजा आज काठमाडौंमा सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुुयालले आर्थिक तथ्याङ्कले मुलुकको नीति निर्माण, आयोजना कार्यान्वयन र अनुसन्धानमा सहयोग गर्ने बताउनुुभयो । 

सदस्य डा. फुुयालले व्यापारघाटा, बेरोजगारी र परनिर्भरता कम गर्न आर्थिक गणनाको तथ्याङ्क प्रभावकारी हुने उल्लेख गर्नुुभयो ।

विभागका महानिर्देशक सुमनराज अर्यालले स्थानीय तहको वडासम्म पुुगेर तयार पारिएको गणना आर्थिक संघीयतालाई अझ प्रभावकारी बनाउन सहयोगी हुने बताउनुुभयो ।

नेपालका लागि जापानका मिनिस्टर काउन्सिलर डिपुुटी चिफ अफ मिसन सिनिया माचिदाले सन २०२२ सम्म नेपाललाई कम विकसित मुलुुकको सूचीबाट माथि उठाउन र सरकारको समृद्धिको लक्ष्य पुरा गर्न आर्थिक गणनाले सहयोग गर्ने उल्लेख गर्नुभयो ।

दक्षिण एशियामा भारत र श्रीलंकापछि आर्थिक गणना नेपालमा गरिएको विभागले जनाएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले जाइकाको प्राविधिक सहयोगमा नेपालमा पहिलो पट गत बैशाख १ गतेदेखि जेठ ३१ गतेसम्म २ महिना लगाएर आर्थिक गणना गरेको थियो ।