पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालमा लगानी गर्न भियतनामलाई आग्रह

काठमाडौँ, २८ भाद्र २०७५ । नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्न भियतनामलाई आग्रह गरेको छ । 

चेम्बरको भवनमा बुधबार कार्यकाल सकिएर भियतनाम फर्कन लाग्नुभएका राजदूत टोन्ह सिन्ह थान्हलाई चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिर सरकार बनेसँगै नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“नेपालमा पर्यटन, कृषि, उद्योगलगायतका क्षेत्रमा लगानी बढाउन उपयुक्त छ।” 

अध्यक्ष शाक्यले फष्टाउँदो अर्थतन्त्रका रुपमा भियतनामले आर्थिक विकास तीव्ररूपले गरिरहेकाले नेपालको कृषि आधुनिकीकरणमा पनि उल्लेखनीय योगदान पु¥याउन सक्नेमा जोड दिनुभयो । 

भियतनामका राजदूत थान्हले नेपालसँग सहकार्य गरी दुवै देशको आर्थिक सम्बन्ध विस्तारका लागि भियतनाम तयार रहेको बताउनुभयो । उहाँले दुई देशबीच लगानी तथा पर्यटन प्रवद्र्धनका माध्यमबाट द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन आफूले सक्दो पहल गर्ने उल्लेख गर्नुभयो । राजदूत थान्ह आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएको हो ।