पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पहिरोमा परी २ जना बेपत्ता 

नुवाकोट । नुवाकोट्को दुप्चेश्वर गाउँपालिका वडा नम्वर १ को चेताङमा पहिरोमा परी आज दुई जना बेपत्ता भएका छन् ।

पहिरोमा परी बीरबहादुर तामाङ र पुतली शेर्पा बेपत्ता भएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योबिन्द्रसिं तामाङले जानकारी दिनुभयो ।

पहिरोले स्थानीय कामी शेर्पा, सनम शेर्पा र आङबाबु शेर्पाको घर पूर्ण रुपमा क्षति पुगेको छ भने पशु चौपाया पहिरोमा बगेका छन ।

यसैगरी, पहिरोको कारण नुवाकोटको माङ्जेन खोला थुनिएपछि तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ ।