पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भारतीय गाडीलाई बढी पेट्रोल बेच्ने ३ पम्पमा सिलबन्दी 

बुटवल । भारतीय नम्बर प्लेटका सवारी साधनलाई अत्यधिक पेट्रोलियम पदार्थ बिक्री गरी पेट्रोलियम पर्दाथको अपचलन गरेको भन्दै रुपन्देहीका ३ वटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ ।

बजार अनुगमन टोलीले छड्के निरीक्षण गर्दा पेट्रोलियम पर्दाथ अपचलन गरेको पाइएपछि शिलबन्दी गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिनुभयो ।