पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चीनसँगको पारवहन सम्झौता महत्वपूर्णः प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारवहन सम्बन्धी प्रोटोकलमा चीनसँग भएको सम्झौता नेपालका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा समाजशास्त्र संकायले आज ललितपुरमा गरेको बेल्ट एण्ड रोड इनिसियटिभ विषयक कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनसँग भएको पारवहन सम्झौता नेपाल जस्तो भूपरिवेष्टित राष्ट्रका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो । 

उहाँले पारवहन सम्बन्धि प्रोटोकलपछि चीनका विभिन्न बन्दरगाहमार्फत नेपालले तेस्रो मुलुकसम्म सहज रुपमा वस्तु आयात–निर्यात गर्न सक्ने यसले नेपालको आर्थिक विकासमा फाइदा पुग्ने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले भारत र चीनसँग मिलेर नै नेपालले आफ्नो आर्थिक विकासको लक्ष्य पूरा गर्न सक्ने भएकाले दुबै देशसँग भएको रेल विस्तारबारे छलफल अगाडि बढिरहेको जानकारी दिनुभयो ।