पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आयोडिनको समस्या लगभग समाप्तः मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले साल्ट ट्रेडिङ कर्पोरेशनले सर्वसुलभ रुपमा आयोडिनयुक्त नून विक्री वितरण गरेका कारण मुलुकमा आयोडिनको समस्या लगभग हराएर गएको बताउनुभएको छ ।

साल्ट ट्रेडिङ कर्पाेरेशनको ५६ औं वार्षिकोत्सका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री यादवले कर्पोरेशनले आयोडिनयुृुक्त नूनका साथै चिनी, खाद्यान्न, रासायनिक मल र खाना पकाउने एल.पी. ग्यासको बिक्री वितरण राम्रोसँग गर्दै आएको उल्लेख गदैैै कर्पोरेशनलाई आइपर्ने समस्याहरु हल गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले कर्पोरेशनले खुला प्रतिस्पर्धामा रहेर चिनी लगायतका उपभोग्य वस्तुहरुको बजार स्थिरीकरणमा ठूलो योगदान पुर्याएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशनका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले सार्वजनिक–निजी साझेदारीमा सञ्चालित कर्पाेरेशनले नाफामूलक भन्दा सेवामूलक व्यापारमा जोड दिएको स्पष्ट गर्नुभयो ।