पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

धितोपत्र बजारमा साताकै उच्च वृद्धि

काठमाडौं । धितोपत्र बजारमा बुधवार यस साताकै उच्च वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.०६ अंकले वृद्धि भई एक हजार २३० बिन्दुमा पुगेको छ । 

बजारमा दोहोरो अंकको वृद्धि भई कारोबार रकममा समेत वृद्धि भएको छ । मंगलबार एक हजार २१७ बिन्दुमा रहेको शेयर आज १३.०६ अंकको वृद्धि सँगै अर्को उचाइमा पुगेको हो । 

बुधबार कूल १६५ कम्पनीका ४३ करोड २९ लाख ५७ हजार ६८ मूल्य बराबरका शेयर किनबेच भएको थियो । बुधबार स्टकमा समूहगत परिसुचकतर्फ समूहको कारोबार वद्धि भएको छ ।

कारोबारका आधारमा यस दिन एनआइसी एशिया बैंकको शेयर कारोबार अग्रस्थानमा छ ।