पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विराटनगर जुट मिलबाट उत्पादन शुरु

विराटनगर । लामो समयदेखि बन्द रहेको नेपालको पहिलो उद्योग विराटनगर जुट मिलले हिजोबाट व्यवसायिक उत्पादन शुुरु गरेको छ ।

उद्योगमा रहेका पुराना मेशिनहरु मर्मत सम्भार गरी करिब डेढ करोडको लगानीमा उद्योग सञ्चालनमा आएको उद्योगका कार्यकारी अध्यक्ष वसन्त वनले जानकारी दिनुभयो । 

उद्योगको काटिएको विद्युतको लाईन नेपाल विद्युत प्रधिकरणले मासिक रुपमा ६ लाख ८० हजार रुपैयाँ शुल्क बुुझाउने गरी सहमति भएको र हाललाई ११ केभिए प्रसारण लाईनबाट विद्युत जडान गरिदिएको छ ।

शुरुमा हाल दैनिक ६ टन जुट उत्पादन गरिएको छ भने आगामी दिनमा उत्पादन क्षमता क्रमश बढाएर दैनिक २० टन पुुर्याउने लक्ष्य रहेको अध्यक्ष बनले जानकारी दिनुभयो ।

उद्योगबाट उत्पादित जुटका सामाग्री नेपालमा खपत हुने, यहीँ प्रयोग गर्ने र मागका आधारमा भारतमा समेत निर्यात गर्ने योजना रहेको छ । कामदार भने उद्योगले पुरानै लाई आवश्यकता अनुसार प्रयोग गर्ने नीति लिएको छ ।

नेपालमा हाल वार्षिक १६ हजार टन कच्चा जुट उत्पादन हुने गरेको छ । उद्योग विराटनगर जुट मिलका लागि आवश्यक थप कच्चा जुट भारत तथा बंगलादेशबाट ल्याउने तयारी समेत उद्योगले गरेको छ । उद्योगमा नेपाल सरकारको ६८ प्रतिशत लगानी रहेको छ ।