पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तराई मधेशमा हरितालिका तीज, गणेश चौठी तथा चौरचन पर्व मनाईदै

radionepal

जनकपुरधाम । तँराई मधेशको जिल्लाहरुमा हरितालिका तीज संगै धुमधाम तथा नियम निष्ठा पूर्वक गणेश चौठी एवं चौरचन पर्व आज मनाईदैछ । जनकपुरधामको कतिपय ठाउँमा गणेशको आकर्षक मूर्ति स्थापना गरेर आज साँझ विषेश पूँजा गरेर गणेश चौठी अर्थात गणेश उत्सव मनाउने कामकाज भैरहेको छ । यसका लागि जनकपुरधामको रामचौक तथा जनक चौकमा भव्य रुपमा पण्डालको निर्माण गरेर सजाउने काम भएको छ । यसै गरि जनकपुरधामको बाल्मिकी नगरमा पनि आकर्षक मूर्तिको स्थापना गरेर गणेश उत्सव मनाउने कामकाज भैरहेको छ । गणेश चौठीको मेला जनकपुरधाममा तीन दिनसम्म रहने गरेको छ ।

यसै गरि मिथिला तथा भोजपुरी बाहुल्य क्षेत्रमा घर घरमा चौरचन पर्व पनि मनाउने तयारी विहान देखि नै भैरहेको छ । प्रत्येक वर्ष भाद्र शुक्लपक्ष चतुर्थीका दिन चौरचन पर्व मनाउने चलन रहेको छ । तँराई मधेशको महत्वपूर्ण चाडपर्व मध्ये एक चौरचन पर्व रहेको छ ।

उदाउदो चन्द्रमालाई ब्रतिले साझ घर घरमा आङ्गनमा गाईको गोवरले नीप पोत गरि चालवको लेदोले अरिपन बनाएर त्यस माथि चन्द्रमालाई अर्पणका लागि तयार पारिएको खीरपुरी, विभिन्न प्रकारको मिष्ठान्नहरु सामाग्रीहरु राखेर कथा सुन्ने चलन रहेको छ । पूजा भएपछि घरका हरेक व्यक्तिले उचालेर दर्शन गर्ने गरेको छ । पूँजा सम्पन्न भएपछि प्रसादको रुपमा वितरण गर्ने तथा ब्रति आफैले पनि दिन भरिको उपवास पनि खाने चलन रहेको छ ।

यसका साथै डालोमा रालिएको पिडुकीया, खजुर, खाजा, अन्य प्रकारको मिष्ठान्न, फलफूलहरु तथा दही राखेर घरका हरेक व्यक्तिले एक एक गरेर उचालेर चन्द्रमाको दर्शन गर्ने चलन रहेको छ । आजको दिन चन्द्रमाको दर्शन खाली हातले गर्न नहुने मान्यता अनुसार चन्द्र दर्शन गर्दा फलफूल, दही तथा मिष्ठान्न लिएर मात्र गर्नु पर्ने चलन रहेको छ । चन्द्रमाको पूजा गर्नाले सवै प्रकारको मिथ्या आरोपवाट मुक्ति पाउने जनविश्वास रहेको छ । गणेश र चन्द्रमाको धार्मिक कथा संग जोडिएको पर्वको रुपमा चौरचन पर्व रहेको छ । यसलाई कतिपयले चौठी चाँद पनि भन्ने गरेका छन् ।

यसै गरि गणेश युवा कमिटिीको आयोजनामा विगत वर्ष झै यस वर्ष पनि हरितालिका तीजको अवसरमा महिलाहरुको लागि तीज गीत प्रतियोगिताको आयोजना गरिएको छ । खास गरेर जनकपुरधाममा बसोवास गर्ने पहाडी तथा तीज गर्ने मधेशका महिलाहरु तथा महिला अधिकारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको छ । यसै बीच जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रमा विदा दिएको छ । नगरपालिकाको कार्यपालिकाको वैठकले विदा दिने घोषणा गरेका थिए ।   

- अजयकुमार झा / रेडियाे नेपाल