पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरकारका सकारात्मक काममा साथः गच्छदार

विराटनगर । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले, सरकारको सकारात्मक काममा नेपाली काँग्रेसको सदैव साथ रहने बताउनुभएको छ ।

मोरङको विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपनेता गच्छदारले राजनितिक स्थायीत्वसँगै काँग्रेसले मुलुकको सम्वृद्धि चाहेको बताउनुभयो । 

नेता गच्छदारले मुलुकको राज्य प्रणालीलाई संसदीय मुल्य मान्यता अनुसार अघि बढेमा मात्र लोकतन्त्र बलियो हुने भन्दै लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रयास कसैले गर्न नहुने बताउनुभयो ।

उहांले कांँग्रेसको अव वस्ने केन्द्रिय समितिको वैठकले फोरम लोकतान्त्रिक संग भएको सम्झौता अनुसार कार्यकर्ता समायोज प्रक्रिया शुरु गर्ने बताउनुभयो ।