अवरुद्ध सडक सञ्चालनमा
सीपी लोहिया, बैतडी । वर्षाका कारण करिब २ महिनादेखि बन्द रहेको बैतडीको तल्लोस्वराड जोड्ने पाटन–पञ्चेश्वर सडक सञ्चालनमा आएको छ ।
वर्षाले हिलाम्मे र ठाउँठाउँमा पहिरो खसेपछि साउनको पहिलो हप्तादेखि नै अवरुद्ध भएको सडक सञ्चालनमा आएपछि आवतजावतमा सहज भएको स्थानीय दिनेश सिंह विष्टले जानकारी दिनुभयो ।