पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेकपाको सचिवालय बैठक भोलि बस्ने

काठमाडौँ । प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता लगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बस्ने भएको छ ।

यसअघि पटकपटक स्थगित हुँदै आएको बैठक भोलि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

सचिवालय बैठक बोलाउने विषयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच हिजो छलफल भएको थियो । 

प्रवक्ता श्रेष्ठले तल्ला तहका साङ्गठनिक एकता गर्नका लागि बैठक बस्ने लागेको बताउनुभयो । उहाँले बैठकमा पार्टीलाई बुझाइएको प्रतिवेदनका बारेमा समेत छलफल हुने जानकारी दिनुभयो ।