पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आकर्षणको केन्द्र बन्दै सामुदायिक घरबास

तनहुँ । पर्यटकीय नगरी बन्दीपुरमा रहेको बन्दीपुर सामुदायिक घरबास त्यहाँ पुग्ने पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

परम्परागत रीतिरिवाज, संस्कृतिसँगै रमणीय स्थलका कारण उचाईमा अवस्थित बन्दीपुरमा वर्षेनी लाखौ स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका होमस्टे समितिका संस्थापक अध्यक्ष राजु बानियाँले बताउनुभयो ।

बन्दीपुरमा २०६८ सालमा स्थापित घरबासले त्यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा सहयोग पुगेको र घरबास मार्फत् आत्मनिर्भर बन्न र पर्यटकीय गतिविधि समेत बढाउन योगदान पुगेकोे बन्दीपुर गाउँपालिकाका प्रमुख पूर्णसिं थापाले बताउनुभयो ।