पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अर्थतन्त्र सुधारका लागि विभिन्न प्रयासः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आयातमा निर्भर मुलुकको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा निर्भर अर्थतन्त्रको रुपमा अघि बढाउने गरी सरकारले विभिन्न सुधारका प्रयास अघि बढाएको बताउनु भएको छ ।

नेपाल अटोमोवाइल डिलर्स एशोशियसन नाडाले आयोजना गरेको नाडा अटो शो मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा खतिवडाले आन्तरिक अत्पादनमा आधारित अर्थतन्त्र नै दिगो र भरपर्दो हुने भएकोले आन्तरिक उत्पादन बाट दुुई तिहाई राजस्व संकलन गर्ने गरी काम अघि बढाउन सरकार लागि परेको उल्लेख गर्नु भयो ।

अर्थमन्त्री खतिवडाले ऋणमा आधारित उपभोगले मुलुकको अर्थतन्त्रको विकास र दिगो आर्थिक वृद्धिमा योगदान नदिने बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले सरकार मुलुकमा एसेम्बिलिड.मा आधारित उद्योग, विद्युतमा आधारित सवारी साधनहरु र ठूला यातायातका साधन सञ्चालनमा जोड दिएकोले त्यसमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाल अटोमोवाइल डिलर्स एशोशियसनका अध्यक्ष शम्भुप्रसाद दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा लगायतले नेपालको आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सँगै लिएर अघि बढनुपर्नेमा जोड दिनु भएको थियो ।

काठमाडौंको भृकुटीमण्डपमा भईरहेको नाडा अटो शो मेला भदौ ३१ गतेसम्म चल्नेछ ।