पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जापानी सरकारद्वारा चामल सहयोग

काठमाडौं । जापान सरकारले नेपाललाई ५ हजार १ सय ७४ मेट्रिक टन चामल सहयोग गरेको छ । 

नेपाल खाद्य संस्थान केन्द्रिय कार्यालयमा आज भएको कार्यक्रममा नेपालका लागि जापानका राजदूूत मासामिची साइगोले उद्योग, बाणिज्य तथा आपूूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई सो परिमाणको चामल हस्तान्तरण गर्नुुभएको हो । 

सचिब घिमिरे जापानी सहयोगमा प्राप्त चामल खाद्यान्न अभाव रहेका जिल्लाहरुमा वितरण गरिने बताउनुुभयो । 

जापानका राजदूूत साइगोले यस प्रकारको सहयोगले हिमाली जिल्लामा खाद्य अभाव कम गर्न नेपाल सरकारलाई सहयोग पुुग्ने विश्वास व्यक्त गर्नुुभयो । 

सरकारले नेपाल खाद्य संस्थान मार्फत दुुर्गम हिमाली जिल्ला  हुुम्ला, डोल्पा, जुम्ला, मुुगुु लगायत २३ जिल्लामा ढुुवानी अनुदानमा खाद्यान्न उपलब्ध गराउँदै आएको छ ।