पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरकारले सम्झौता पालना नगरेको राजपाको निष्कर्ष

काठमाडौं । राष्ट्रिय जनता पार्टीको आज बसेको अध्यक्ष मण्डलको बैठकले संविधान निर्माण पश्चात मधेशवादी दलसँग भएका सम्झौताहरु सरकारले पालना नगरेको निष्कर्ष निकालेको छ । 

बैठकपछि अध्यक्ष मण्डलका अनिल झाले संविधान दिवसका दिन असोज ३ गते देशव्यापी रुपमा विरोधको कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

उहाँले मधेसका मुद्दा र मागलाई सम्बोधन गर्दै संविधानमा समयानुकुल संशोधन गर्ने सरकारको भनाईप्रति आफूहरु विश्वस्त हुन नसकेको भन्दै पार्टीले आगामी दिनमा कस्तो रणनीति तय गर्ने भन्ने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।