पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वैदेशिक रोजगार सूचना एप्स सञ्चालन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । 

आज मन्त्रालयमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारसँग सम्बन्धित सूचना र सेवामा आम नागरिकको सहज पहुँचका लागि मोबाइल एप्लिकेशन समेत निर्माण गरी सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । 

कार्यक्रममा मन्त्री विष्टले प्रणाली सुरु भएपछि बढ्दो वैदेशिक रोजगारका अवसर सहज बन्ने विश्वास व्यक्त गर्नुभयो ।

मोबाइल एप्लिकेशनसमा वैदेशिक रोजगारीमा जाने र फर्कने कामदारहरुको तथ्याङ्क समेत उपलब्ध हुनेछ । 

वैदेशिक रोजगारसँग सम्बन्धित सबै संस्था र सरकारी निकायको सूचना सहज रुपमा प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।

एन्ड्रोइड प्रणालीमा आधारित मोबाइल एपबाट श्रम स्वीकृतीको नवीकरण फारम पनि भर्न सकिनेछ ।