पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एक ढिक्का हुनुको विकल्प छैनः महामन्त्री कोइराला

नवीन गिरी, नेपालगञ्ज । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीलाई सशक्त र सुदृढ बनाउन एक ढिक्का हुनुको विकल्प नरहेको बताउनुभएको छ । 

बाँकेको नेपालगञ्जमा आज कार्यकर्ताहरुलाई सम्बोधन गर्दै महामन्त्री डा. कोइरालाले आन्तरिक गुटबन्दीले पार्टीको हित नगर्ने भन्दै गुटबन्दीमा नलाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 

डा. कोइरालाले प्रमुख प्रतिपक्षी दलका हैसियतले सरकारलाई गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने स्पष्ट पार्दै जनताको अपेक्षा अनुसार सरकार अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो ।