पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जवसको एकताका विषयमा दुई अध्यक्षबीच छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र  पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीको जनवर्गीय सङ्गठनको एकताको विषयमा छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा पार्टीका जनवर्गीय सङ्गठन, प्रदेश र जिल्ला समितिको एकताका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

भेटमा एकता प्रक्रियालाई पूर्णता दिन यही भदौ २७ गते पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको छ । 

त्यस अवसरमा अध्यक्ष दाहालको चार दिने भारत भ्रमणका विषयमा समेत छलफल भएको थियो । 

समग्रमा राजनीतिक विषयभन्दा पनि विकास निर्माण एवं आर्थिक समृद्धिको लक्ष्यमा अगाडि बढ्नका लागि भ्रमण फलदायी रहेको निष्कर्ष निकालिएको थियो ।